Shikhar Insurance

भिजन सेक्युरीटीजको शाखा गठ्ठाघरमा, हरि ढकालले गरे उद्घाटन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १६:२६
NIMB
Nabil Bank

काठमाडौं । भिजन सेक्युरिटिज् प्रालिले (स्टक व्रोकर नं. ३४) ले भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा स्थापना गरि सेवा आरम्भ गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएर भिजनले लगानीकर्ताका नेता समेत रहेका सांसद हरि ढकालबाट नयाँ शाखा उद्घाटन गरेको हो ।

कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, मध्यपुर ठिमी नगरपालीकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष कृष्ण हरि आचार्यसहित लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति थियो । शेयर कारोवारमा जोखिम रहने र बजार बढ्ने÷घट्ने भैरहने हुँदा शेयर किन वा बेच भन्ने जमातको पछि नगानी अध्ययन गरेर मात्र लगानी गर्न, धैर्यता राख्न र क्षमता अनुसारको लगानी गर्न लागानीकर्ताहरुलाई सांसद हरि ढकालले सुझाव दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

सीडीएसका सिईओ पूर्ण प्रसाद आचार्यले वजारमा हुने उतार–चढाव एक प्रकृयामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको, कम्पनीले शुरुको चरणमा सार्वजनीक निष्कासन जारी गर्दाको समयमा लगानी गर्दा समेत केहि मात्रमा जोखम रहने हुदाँ दोश्रो वजारमा कारोवार गर्दा थप अध्ययन तथा धैर्यताका साथ लगानी गर्नुपर्ने जस्ता विषयमा सचेत हुनुपर्ने धारणा राखे ।

साथै, लगानीकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्गले आफ्नो कार्यालय, सिंहदरवार र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टरको व्यकअप प्रणाली राखिएको र चार तहको सुरक्षा अवधारण लागु गरेको समेत उनले बताए ।

यसै गरि मध्यपुर ठिमी नगरपालिकाका प्रवक्ता तथा ३ नं. वडाका अध्यक्ष कृष्णहरि आचार्यले भक्तपुरमा शाखा विस्तार गरि शेयर कारोवार सेवा प्रवाह गरेकामा खुशी व्यक्त गर्दै उक्त शाखा तथा भिजन सेक्युरिटिज् प्रा.लि.लाई शुभकामना तथा उत्तरोत्तर प्रगतिको कमना गरे ।

धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फागुन ४ गते देखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ । पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी प्रकृयाहरुमा भिजन सेक्युरिटिज् प्रालिले उपत्यका भित्रको भक्तपुर जिल्लामा पहिलो शाखा खोल्ने ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । उपत्यका वाहिर सवै भन्दा धेरै ९ वटा शाखा तथा उपत्यका भित्र ललितपुर र भक्तपुर जिल्लामा समेत शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनीको रुपमा स्थापित हुन सफल भएको भिजन सेक्युरिटिज् प्रालिका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्