Shikhar Insurance

गोरखकाली रबर, हेटौँडा कपडा उद्योग र बुटवल धागो उद्योग पुनः चलाउने सरकारको घोषणा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १८:५२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो उद्योग पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत हाल बन्द रहेका यी उद्योगहरु पुनः सञ्चालन गर्ने घोषणा गरेको हो ।

‘ पुनः सञ्‍चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्‍चालनमा ल्याइनेछ।’, सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै, सरकारले आगामी आर्थिक वर्षमा लामो समयदेखि बन्द रहेका, रुग्ण भएका उद्योगहरु पुनः सञ्चालन गर्ने वा खारेजी गर्ने प्रयोजनका लागि उच्चस्तरिय अध्ययन समिति गठन गर्ने घोषणा पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्‍चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिनेछ।’, सरकारले नीति तथा कार्यक्रममा भनेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्