Shikhar Insurance

आईजीआई प्रुडेन्सियलको सिईओ बने श्रेष्ठ, तलब भत्ता ८६ लाख

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ६, शनिबार १२:२३
NIMB
Nabil Bank

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेशभक्त वादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि श्रेष्ठ सिईओ बनेका हुन् ।

यस अघि आईजीआईको सिईओ रहेका श्रेष्ठलाई एकिकृत कम्पनीको सिईओ नियुक्त गरिएको हो । बैशाख २७ गते एकिकृत कारोबार शुभारम्भ गरेको आइजीआई प्रुडेन्सियल साविक आइएमइ जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको बीमा कम्पनी हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नव नियुक्त सिईओ श्रेष्ठले बार्षिक ८६ लाख रुपैयाँ पाउने छन् । तलब र भत्तासहित बर्षमा ८६ लाख रुपैयाँ पाउने गरि श्रेष्ठलाई शुक्रबार सिईओ बन्न स्वीकृति दिईएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्