Shikhar Insurance

मोबाइल व्यवसायीहरू समस्यामा छन्, मार्जिन बढाउनुपर्छः अध्यक्ष भट्टराई

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १०:२७
NIMB
Nabil Bank

काठमाडाैं। नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले मुलुकभर सक्रिय ५० हजारभन्दा बढी मोबाइल व्यवसायी समस्यामा परेको बताए।

महासंघको कोसी प्रदेश समिति गठनका लागि प्रदेशभरका व्यवसायी उपस्थित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले आयातकर्ताले मनग्य मुनाफा कमाउने तर व्यवसायी घाटामा परेर घरबार बेच्नुपर्ने अवस्थामा पुग्नु दुःखद् रहेको बताए।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष भट्टराईले भने, “व्यवसायी गर वा मरको अवस्थामा पुगेका छन्, मार्जिन नबढाए आयातकर्ताविरुद्ध आन्दोलन गर्नुको विकल्प छैन । यसका लागि महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछ ।”

वैधानिक रूपमा प्राप्त हुने २० प्रतिशत मुनाफा आफूहरुले नखोजेको भन्दै उनले व्यवसाय बचाउनका लागि मार्जिन बिना मोबाइल बिक्री नगर्ने विषयमा छलफल चलिरहेको बताए। महासंघका महासचिव रमेश घिमिरेले व्यावसायिक स्वच्छता र आचरणसहितको व्यवसाय गर्नुपर्नेमा जोड दिए। महासंघमा आबद्ध नभएका र अव्यावसायिक काम गर्नेविरुद्ध महासंघ चनाखो रहेको उनको भनाइ छ । महासंघका बागमती प्रदेश संयोजक छतेन्द्र आचार्यले स्मार्टफोन बिक्री गर्ने व्यवसायीहरु पहिले आफैं स्मार्ट बन्नुपर्ने सुझाव दिए।

कोसी प्रदेश कमिटी गठन

कोसी प्रदेशका १४ जिल्लाबाट धरानमा जम्मा भएका व्यवसायीको भेलाले जीवन शाक्यको अध्यक्षमा सात पदाधिकारीसहित २७ सदस्यीय कोशी प्रदेश कमिटी गठन गरेको छ।

कमिटीको उपाध्यक्षमा झापाका केशव श्रेष्ठ र सङ्खुवासभाका गुणराज श्रेष्ठ, महासचिवमा सुनसरीका सविन लम्साल, सचिवमा झापाका शिव खतिवडा, कोषाध्यक्षमा सुनसरीका बिमला खतिवडा र सहकोषाध्यक्षमा झापाका मनोज ढकाल निर्वाचित भएका छन् ।

साथै सदस्यमा पुण्य बराल, लोकेन्द्र बुढाथोकी, दीपेश गुप्ता, बजिन्द्र मैनाली, विन्द्रकुमार राई, लोकमान तामाङ, दीपेन्द्र सिंगक, राजु भट्टराई, विश्वबन्धु श्रेष्ठ, लेखराज श्रेष्ठ, किरण रत्न भण्डारी, रमेश कटुवाल, ओमप्रकाश रेग्मी, आशीषराज यादव निर्वाचित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्