Shikhar Insurance

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न ओलीको माग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १३:१५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

छलफलमा भाग लिंदै अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताए ।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्