Shikhar Insurance

अलैंची विज्ञको आवश्यकता छ: मन्त्री सिटौला

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १६:५४
NIMB
Nabil Bank

बनियान। कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले अलैंची विज्ञको आवश्यकता रहेको रहेको बताए। झापाको बिर्तामोडमा आज अलैंची व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा अलैंची विज्ञ नरहेकाले अलैंची विज्ञ उत्पादन गर्न जरुरी रहेको उल्लेख गरे।

“आफू पनि अलैंची किसान भएकाले अलैंची किसानका समस्याबारेमा जानकार छु । अलैंची उत्पादनका क्षेत्रमा देखिएका समस्या समाधानका लागि अलैंची उत्पादनसम्बन्धी शिक्षाको आवश्कता छ”, मन्त्री सिटौलाले भने।

Citizen Life
Kumar Bank
Nepal Life

अलैंची खेती प्रवर्द्धनका लागि किसान र व्यवसायीले वेयर हाउस, सहुलियत ऋणलगायत विविध क्षेत्रमा कुरा उठाएकाले प्रदेश सरकारले उत्पादनमुखी अनुदान दिने उनको भनाइ थियो । अलैंची व्यवसायीले कर छल्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री सिटौलाले व्यवसायीलाई कर छली नगर्न आग्रह गरे।

कार्यक्रमा महासंघका अध्यक्ष निर्मल भट्टराईले मुलुकमा उत्पादन भएको ९८ प्रतिशत अलैंची निर्यात हुने गरेको जानकारी दिए । उनले भारतलगायतका मुलुकबाट सुकमेल आयात भइरहँदा सोही मात्रामा उत्पादन भएको अलैंची नेपाली बजारमा खपत नभएकाले खपत बढाउने र तेस्रो मुलुक निर्यात गर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिए।

 

GBIME

प्रतिक्रिया दिनुहोस्