Shikhar Insurance

बुद्ध एयरको जहाजमा भेटियो मुसा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ ।

बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्