Shikhar Insurance

बझाङको हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १७:३७
NIMB
Nabil Bank

धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, भने, दुई जना घाइते छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

डीएसपी भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्