Shikhar Insurance

नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन- बैंकिङ समस्याबारे छलफल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंक कर्मचारी संघको बिशेष महाधिवेशन २०८० सम्पन्न भएको छ । काठमाडौँ स्थित अल्फा हाउसमा भएको विशेष महाधिवेशनमा बैंक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित विषयबस्तुमाथि व्यापक छलफल भएको थियो ।

कार्यक्रममा नविल बैक कर्मचारी संघका अध्यक्ष सविन भट्टराइले कर्मचारीको हकहितको पक्षमा आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गरे । कार्यक्रमको उद्घाटन सत्रमा नबिल बैंक लिमिटेडका सिईओ, मानव संशाधन विभागका प्रमुख, डिसिइयो (नायब प्रमुख कार्यकारी अधिकृत), फिउन राष्ट्रिय समितिका अध्यक्ष, उपाध्यक्ष तथा महासचिव लयायत अन्य बैंकका कर्मचारी संघका पदाधिकारीले आ‐आफ्नो धारणा राखेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा बैंक व्यवस्थापनको तर्फबाट हाल वित्तिय तथा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको विषयमा धारणा व्यक्त भएको थियो । विशेष महाधिवेशनमा राष्ट्रिय परिषद सदस्यहरू, नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारिहरू, नबिल बैंकका व्यवस्थापकहरू, विभिन्न बैंकका कर्मचारी संघ तथा नबिल बैंकका कर्मचारीहको सहभागिता थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्