Shikhar Insurance

रिलायन्स स्पिनिङले आइपीओ जारी गर्ने, बुक बिल्डिङमा आउँदैछ १४ लाख ६० हजार कित्ता सेयर

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार १६:५७
NIMB
Nabil Bank

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने भएको छ। उद्योगले बुक विल्डिङमार्फत १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले आइपीओ निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक समेत नियुक्त गरिसकेको कम्पनीका अध्यक्ष पवन कुमार गोल्यानले जानकारी दिए ।

सो सम्झौतामा रिलायन्सका संचालक शशिकान्त अग्रवाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन्।
कम्पनीले बुक बिल्डिङ बिधिबाट १४ लाखा ६० हजार कित्ता सेयर निष्काशन गर्नेछ । सोमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर कर्मचारी र सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा ४ हजार ३ सय भन्दा धेरै कर्मचारीले रोजगारी पाईरहेका छन् । रिलायन्सले सुनसरीको दुहबी र खनार उद्योग राखेर उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी मार्फत अन्तराष्ट्रिय गुणस्तरका पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ।

कम्पनीले कुल चुक्ता पुँजीको १० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । असार मसान्तसम्ममा निष्काशनको तयारी सक्ने र आगामी आर्थिक वर्षको प्रारम्भमै आईपीओ निष्काशन गर्ने कम्पनीका अध्यक्ष गोल्यानले जानकारी दिए । रिलायन्सका उत्पादनहरु भारत र टर्की लगायतका देशहरुमा निर्यात भैरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्