Shikhar Insurance

सहकारी महासंघद्वारा आन्दोलन घाेषणाः सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्म

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १४:३८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले समस्यामा रहेका सहकारी सञ्चालन गर्न सरकारलाई दबाब दिन सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्म बस्ने विरोधका कार्यक्रमहरु आज सार्वजनिक गरेको छ । महासंघको सहकारी समस्या समाधान कार्यदलले सोमबार पत्रकार सम्मेलन गर्दै दुई वर्षको समय र १० अर्ब सहुलियत ऋणसहित माग राखेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुले उठाएको माग पूरा नभएसम्म सहकारी क्षेत्रले ३ वटै तहका सरकारको कार्यक्रम बहिष्कार गर्ने महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् । सञ्चालक र सहकारी व्यवस्थापकले सहकारीको बचतकर्ता तथा सेयरधनीको रकम दुरुपयोग गरेको घटना एकपछि अर्को गर्दै आइरहेको अवस्थामा महासंघले भने सञ्चालन समस्यामा रहेका सहकारी सञ्चालनको वातावरण बनाउन भन्दै दुई वर्षको समय माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बचकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारीको संरक्षण गर्न सहकारीले २ वर्षको माग गरेको छ । आफ्ना सेयरधनीलाई विश्वासमा लिन नसक्ने र बचतकर्ताको रकम अपचलन गर्ने र तरलता समस्या भएको भन्दै वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई जोगाउने भन्दै महासंघले १० अर्ब रुपैयाँ सहुलियत ऋण माग गरेको छ ।

जेठ ९ गते मंगलबारदेखि माग पूरा नभएसम्म जिल्ला स्तरीय संघमा कालो ब्यानर राख्ने, सबै सहकारी संस्थामा कर्मचारीले हातमा कालोपट्टी लगाएर दैनिक कार्यसञ्चालन गर्ने, ३ वटै तहका सरहकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहकारी क्षेत्र समावेश नहुने लगायतका कार्यक्रम महासंघले सार्वजनिक गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्