Shikhar Insurance

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न नीजि क्षेत्रको सहयोग र साथको अपेक्षा 

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । सुक्खा बन्‍दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डर्स एशोसियसन र नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायतका सरोकारवाला निकायहरुसँग नियमित छलफल तथा अन्तरक्रिया गरिदैं आएको छ । उक्त विषयमा मिति २०८०।०२।०७ मा नाडा अटोमोबाइल एशोशियसन अफ नेपालसंग छलफल सम्पन्न भएको छ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई  सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल(भारत बीच हाल विराटनगरमा १, वीरगञ्जमा २, भैरहवामा १ र काकडिभट्टामा १ गरी कूल ५ वटा र चीन तर्फ सिन्धुपाल्चोकको तातोपानीमा १ सुक्खा बन्दरगाह र एकिकृत जाँच चौकीहरु सञ्चालन भइरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह निर्माण भई वि.सं २०७८ चैत्र २२ देखि सञ्चालनमा आएको छ । चोभार सुक्खा बन्दरगाहबाट आजको मिति सम्ममा आइपुग्दा दैनिक २(३ वटा सवारी साधनले सुक्खा बन्दरगाहको सेवा उपभोग गरिरहेका छन् र गोदामहरुमा समेत सामान भण्डारण गरिएका छन् ।

उक्त छलफलमा चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि नीजि क्षेत्रको सहयोग र साथको अपेक्षा रहेको भन्दै वीरगंज एकिकृत जाँच चौकी र वीरगंज सुक्खा बन्दरगाहमा रहेका १९५० वटा नयाँ जीप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानूनी व्यवस्था भइसकेको जानकारी नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकले जानकारी दिएका छन्।

साथै, विदेशबाट आयातीत गाडी वीरगंज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका लागि अनुरोध समेत भएको छ। सो सन्दर्भमा नाडाका अध्यक्षबाट नयाँ गाडीहरुको आयातको लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एल. सी. खोलिएको र सोही बमोजिम नयाँ गाडीहरु चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने जानकारी गराएका छन् ।

त्यस्तै, समिति र नाडा वीच सम्पन्न उक्त छलफलमा नाडाले सबै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहबाट सवारी जाँचपास गराउनसमेत अनुरोध गरेका छन् ।चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न समितिले सम्बन्धित निकासँग निरन्तर छलफल र अन्तरक्रिया जारी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्