Shikhar Insurance

विद्युत् महसुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा, असारमसान्तसम्म तिरे १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १४:४३
NIMB
Nabil Bank

बागमती। लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौंडाका ६७ उद्योगसहित ५ सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले पटक-पटक विद्युत् महसुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

केन्द्रले कालोसूचीमा पर्नेको तीनपुस्ते विवरण सार्वजनिक गर्दै आगामी असारमसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा गार्हथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए। कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार ८ सय ८८ रूपैयाँ असुल गर्नुपर्ने छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महसुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट १ करोड रकम उठ्न बाँकी रहेको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्