Shikhar Insurance

अटो व्यवसायीले आक्रोशित हुँदै भनेः एसेम्बल उद्योगको कर छुट घटाउने होइन, बढाउनुपर्छ’

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार २०:२५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले अटोमोबाइलको एसेम्बल उद्योगको कर बढाउने संकेत गरेपछि अटोमोबाइल व्यवसायी तातेका छन् । नाडाले भनेको छ–‘एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने गर्दछ । अझ भनौ यसको क्षेत्र वहुआयामिक हुन्छ । सरकारले यस्ता तथ्यहरुलाई नजर अन्दाज गर्दै भएकै सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने निश्चित नै छ ।’

हाल नेपालमा बजाज र टिभिएससहित ४ वटा कम्पनीले एसेम्बल उद्योेग मार्फत दुई पांग्रे सवारी साधन बनाईरहेका छन् भने अन्य २ कम्पनीले पनि एसेम्बल उद्योग खोल्ने तयारी गरिरहेका छन् । नाडाले भनेको छ–‘नेपालमा केही चारपाँगे्र सवारी साधनहरु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरु पनि खुल्ने क्रममा रहेका छन्, यसैक्रममा सरकारले ल्याउन लागेको बजेटमा त्यस्ता सवारी साधन एसेम्बलिङ्ग उद्योगहरुलाई दिइदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौटी गर्न लागेको भन्ने विषयमा त्यसको मुख्य सरोकारवाला संस्था नाडाको विशेष ध्यान आकृष्ट भएको छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

नाडाले थप सुधारका प्याकेजहरु ल्याउनुपर्ने समयमा अहिले कायम रहेका सुबिधा समेत कटौती गर्ने तयारीले अहिले सञ्चालनमा रहेका एसेम्बल उद्योगहरु नै बन्द हुने तर्फ पनि सचेत गराएको छ । ‘सरकारले सवै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ्ग उद्योग खुल्ने त कुरै छाडौ भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ ।’, नाडाले भनेको छ ।

एसेम्बल उद्योगले आद्योगिक सिपको विकासगरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गरेको नाडाको दावी छ । सरकारले तत्कालको समस्या अर्थात राजश्वलाई मात्र दृष्टिगतगरी नीति बनाउदा त्यसको दिर्घकालिन असरलाई समेत ध्यान दिनु पर्नेमा पनि नाडाले जोड दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्