Shikhar Insurance

सानिमाका ग्राहकले विदेशमा उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २२:३८
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंक र आईएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार विश्वभरका ५ सयभन्दा बढी अस्पतालमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् ।

आईएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सकिन्छ । आईएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिकालगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र आईएसओएन हेल्थकेयरका बिजनेश डेभलपमेन्ट प्रमुख आशिष धवनले हस्ताक्षर गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्