Shikhar Insurance

निरन्तर सात कारोबारको दिन बढ्यो सेयर बजार, कारोबार रकम भने घट्यो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । गत साताको मंगलबारदेखि निरन्तर बढेको सेयर बजार आज(बुधबार) सातौ कारोबारको दिन पनि बढेर बन्द भएको हो । पछिल्लो ७ कारोबार दिनमा नेप्से परिसूचक १४१.७८ अंक बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १६.४९ अंक बढेर १,९५९.१२ को विन्दुमा पुगेर बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.५८ अंक बढेर ३७१.३१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन सेयर बजार दोहोरो अंकले बढढेपनि कारोबार रकम भने घटेको छ । दिनभरीमा २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर १ अर्ब ८७ करोड ३० लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार नेप्से ५१.३१ अंक बढ्दा २ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर १० प्रतिशत अर्थात प्रतिकित्ता १३६ रुपैयाँ ६० पैसा बढेर एक हजार ५०३ रुपैयाँ पुगेको हो ।

त्यसैगरी, यूनिलिभर नेपालको ९.९६ प्रतिशत, शिवम् सिमेन्टको ६.७ट प्रतिशत, ग्लोबल आइएमई ब्यलेन्स फण्ड १ को मूल्य ६.६९ प्रतिशत, स्ववालम्बन लघुवित्तको ६.५६ प्रतिशत, यूनाइटेड इन्स्यारेन्सको ६.३३ प्रतिशत र सोल्टी होटलको ६ प्रतिशतले सेयर मूल्य बढेको छ । भने, बाँकी कम्पनीको सेयर मुल्य ५.९३ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको सानीमा इक्वीटी फण्डको मूल्य सबैभन्दा बढी ३.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमो रहेको छ । कम्पनीको १४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ७४ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८१ लाख, सोल्टी होटलको ५ करोड ६८ लाख र ओरेन्टल होटलको ४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशतबढेको छ भने लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्