Shikhar Insurance

निर्माण भएको ३५ वर्षपछि सञ्चालन बनेपा बसपार्क, राजमार्गको सवारीचाप कम हुने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १९:०१
NIMB
Nabil Bank

काभ्रे । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क आजदेखि सञ्चालनमा ल्याइएको छ ।

चालिसको दशक सुरुआतमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका–८ स्थित नगर कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । विसं २०१७ मा अरनिको राजमार्ग निर्माण भएपछि मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि विसं २०४५ मा बसपार्क निर्माण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालन बारे यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहितको गत हप्ताको बैठकले छलफलसहितको आवश्यक प्रक्रिया अघि बढाएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।

यसअघि बनेपा चारदोबाटोस्थित सडक छेउमा यात्रुवाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो । शाक्यले भने, “लामो समय सञ्चालनमा नआएको बसपार्क ट्राफिक प्रहरीसँगको समन्वयमा आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याएका छौँ ।” उक्त बसपार्क २०४९ सालमा पक्की बनाएसँगै नगरले बसपार्कको दायाबाँया सटर–कवल बनाई होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ ।

यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधि तथा बनेपा नगरका जनप्रतिनिधिको उपस्थितिमा आजदेखि बसपार्क सञ्चालनमा ल्याइएको हो । मध्यपहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्रका रूपमा अवस्थित बनेपालाई यातायात नगरीको नामले समेत चिनिने गरिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाएको छ ।

यस्तै नगरको बसपार्क सञ्चालनार्थ कार्ययोजनाअनुसार सवारी चाप व्यवस्थापन गर्न अरनिको राजमार्ग बनेपा सडकखण्डअन्तर्गत हाललाई बसपार्क प्रवेश गर्ने पश्चिमतर्फको प्रवेश मार्गदेखि तीनदोबाटोसम्म र चाँदनी चोकदेखि चारदोबाटोसम्मको दक्षिणतर्फको सर्भिस ट्र्याक खाली गराई सोही ट्र्याकबाट बस सञ्चालनमा ल्याइएको छ ।

यसैगरी बनेपाबाट विभिन्न स्थानका लागि छुट्ने यात्रुवाहक सवारी बसपार्कबाट मात्रै छुट्ने तथा नीजि सवारीका साधन र डिटेनमा रहने बस बसपार्कमा राख्न नपाउने नियम बनाइएको छ । यसअघि बसपार्कको दक्षिणी क्षेत्रमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व–पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुवाहक बस तथा टिपर पार्किङ गर्दै आइएको थियो । बसपार्कमा पार्किङ क्षेत्र तथा यात्रु ओराल्ने र चढाउने दुईतर्फी लेन रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्