Shikhar Insurance

युनिक नेपाल लघुवित्तको एफपिओमा आवेदन खुल्यो, मूल्य एक सय मात्रै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार ०९:४०
NIMB
Nabil Bank

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन खुलेको छ । कम्पनीले बैशाख ११ गतेदेखि प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमै ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपिओ जारी गरेको हो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको कम्पनीको चुक्ता पुँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँ छ । हाल कम्पनीले चुक्ता पुँजीमा संस्थापकहरुको लगानी ९४.०१ प्रतिशत र सवैधारण समूहको हिस्सा ५.९९ प्रतिशत मात्रै छ । हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५ सय रुपैयाँ छ। एफपिओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ। जसमा संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्