नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमै खटपट, प्रचण्ड/देउवाका आ-आफ्नै कम्पनी !

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणले सत्ता गठबन्धनमै खटपट सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फरक-फरक समूहलाई च्यापेपछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स मात्रै अलमलमा परेको छैन कि सत्ता गठबन्धनमै खटपट सुरु भएको छ । कांग्रेस सभापति देउवाको चाहना दीपक भट्टले नेतृत्व गरेको हिमालयन स्टकले लाइसेन्स पाओस् भन्ने छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल भने दीपक तिमल्सिनाले नेतृत्व गरेको नेसनल स्टक एक्सचेञ्जले लाइसेन्स पाउनुपर्छ भन्ने अडानमा छन् । लाइसेन्सका लागि मूलतः दीपक भट्ट, दीपक तिमिल्सिना र रामेश्वर थापाको तीनवटा कम्पनी हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टक प्रतिस्पर्धामा छन् । यद्यपि अन्नपूर्ण स्टकलाई कमजोर प्रतिस्पर्धी मानिएको छ । देउवा र प्रचण्ड नै फरक-फरक समूहलाई लाइसेन्स दिनुपर्ने भन्दै विभाजित बनेपछि अर्थमन्त्री डा. प्रकाश शरण महत भने चेपुवामा परेका छन् । ‘सत्ताका प्रमुख दुई घटक नै स्टकको लाइसेन्सबारे फरक-फरक कित्तामा उभिएका छन्, सबै प्रक्रिया टुंगो लागेर एलओआई दिनै लाग्दा मन्त्रिपरिषदको निर्णय भन्दै अर्थबाट पत्र आयो, हामी अन्याेलमा छौं’, नयाँ स्टकमा लगानी प्रतिबद्धता गरेका एक व्यवसायीले भने । यसबारे प्रधानमन्त्री प्रचण्ड र देउवाबीच पनि छलफल भैसकेको स्रोत बताउँछ । तर, अझै पनि कुरा मिल्न भने सकेको छैन । प्रधानमन्त्री प्रचण्डले केही दिन अघि सेयर बजारका ठूल्ठूला सेटिङ भत्काएको भन्दै सार्वजनिक अभिव्यक्ति नै … Continue reading नयाँ स्टकको लाइसेन्सले सत्ता गठबन्धनमै खटपट, प्रचण्ड/देउवाका आ-आफ्नै कम्पनी !