Shikhar Insurance

बीवाईडीले चखण्डोल सामुदायिक वनमा १५०० रुख रोप्दै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार ११:५६
NIMB
Nabil Bank

काठमाडाैं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्सले विश्व जैविक विविधता दिवसको अवसरमा चखण्डोल सामुदायिक वनमा १ हजार ५ सय रुख रोप्ने भएको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले विश्व जैविक विविधता दिवसका अवसरमा सपना र जंगल निर्माण गर्ने योजना सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

२०६२ सालमा अवैध बालुवा उत्खनन् र वन फँडानीको सिकार भएको काठमाडौंको मूलपानीस्थित चखण्डोलल सामुदायिक वनलाई पुनस्स्थापना र पुनर्जीवित गर्ने लक्ष्यका साथ यो पहल चालेको कम्पनीले जनाएको छ ।

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीनतम मियावाकी प्रविधी प्रयोग गरी १ हजर ५ सय रुख रोप्ने कार्यको नेतृत्व गर्ने भएकाे छ । यस कार्यको पहलले बिवाइडी को “एक डिग्रीले पृथ्वीलाई चिसो बनाउने “दृष्टिकोणसँग पंक्तिद्ध र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीले प्रतिबद्धता जनाएकाे छ ।

विभिन्न वनस्पित तथा जीवजन्तुले पारिस्थिक प्रणालीको रुपमा रहेको चखन्डोल सामुदायिक वनले विगतमा धेरै क्षति बेहोर्नु परेको छ । यद्यपि “भिल्डिङ्ग ड्रिम्स एण्ड फोरेष्ट” अभियान मार्फत साइमेक्सले स्वदेशी रुखका प्रजातिहरुलाई पुनः परिचय दिएर तिनीहरुको वृद्घिको लागि अनुकूल वातावरण सिर्जना गरेर वनको पुरानो गौरवलाई पुनर्जिवित गर्ने लक्ष्य राखेको छ ।

यो वृक्षरोपणको पहिलो वर्षमा आयोजनाले ८ सय २७ टन अक्सिजन उत्पादन गर्ने र ३ सय १० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । पाँच वर्षको अवधीमा वनले १ हजार ५ सय ५० टन कार्वन अलग गर्दै प्रभावशाली ४ हजार १ सय ३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्