Shikhar Insurance

पुँजी बजारका लगानीकर्ताले देउवालाई सोधे: नयाँ स्टकको लाइसेन्स किन रोकेको ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारका लगानीकर्ताहरुले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया नरोक्न माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका नेताहरुले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया बिना रोकावट अघि बढाउने वातावरण बनाउन अनुरोध गरेका हुन् ।

सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले पूर्व प्रधानमन्त्री देउवालाई भेटेर ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र कमोडिटी एक्सचेञ्जको लाइसेन्स प्रक्रिया नरोक्न, सेयरधितो कर्जाको १२ करोड सिमा खारेज गर्न, सेयर धितो कर्जाको जोखिम भारित औषत १५० प्रतिशतबाट १०० प्रतिशत बनाउन माग गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुले देउवा सामु पुँजी बजार सुधारका लागि ६ बुँदे माग अघि सारेका हुन् । जसमा लाइसेन्सको विषय प्रमुखताका साथ उठाइएको छ भने १२ करोडको सिमा हटाउनुपर्ने, १५० प्रतिशतको भारित जोखिमलाई १०० प्रतिशत बनाउनुपर्ने, अल्पकालिन लगानीकर्तालाई ५ र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशतको आयकर कायम गर्नुपर्ने, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने र अर्थतन्त्रमा देखिएका समस्याहरुको दिर्घकालिन समाधान खोज्नुपर्ने उल्लेख छ ।

लगानीकर्ताहरुले देउवालाई नेपालको पुँजी बजारको वर्तमान अवस्थाबारे पनि बुझाउने प्रयास गरेका छन् । उनीहरुले ५६ लाख ५० हजार डिम्याट खाता रहेको, १६ लाखले टिएमएस चलाईरहेको, ४४ खर्बको बजार घटेर २७ खर्ब ५० अर्बमा झरेको तथ्यहरु देउवालाई सुनाएका थिए ।

लगानीकर्ताहरुले नेपालको कुल बजेटको दुई गुणा ठूलो आकारमा पुँजी बजार पुगिसकेको, कुल जनसंख्याको १५ प्रतिशत नागरिक पुँजी बजारको पहुँच पुगेको र विगतमा सरकारलाई एक बर्षमै १५ अर्ब रुपैयाँ राजश्व तिरेको तथ्य पनि जानकारी गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्