Shikhar Insurance

एनएमए र एसटीएलआरपीको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाइड तालिम

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १६:४२
NIMB
Nabil Bank

काठमाडाैं। काठमाडौंमा ३५ दिने ट्रेकिङ गाइड तालिम सकिएकाे छ। जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो।

उक्त तालिममा ८१ जना प्रशिक्षार्थी सहभागी थिए। सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र वातावरण, नेपाली धर्मको इतिहास, अन्तर सांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत उक्त तालिम भएको हो। पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालिम आयोजना गरिएको बोर्डले बताएको छ।

बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा। धनन्जय रेग्मीले तालिम फलदायी भएको र यसले रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा रहेको बताए। तालिमलाई व्यावहारिक बनाउन सैद्धान्तिक तथा व्यावहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालिम थप प्रभावकारी भएको बताए बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछाने बताए।

तालिममा नेपाल पर्वतारोहण पथ प्रदर्शक संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्