Shikhar Insurance

सफा हिमाल अभियान २०२३ः चार हिमालबाट ४५ दिन मै ३४,१६६ केजी फोहोर संकलन

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १६:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमाल–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट ३४ हजार १६६ केजी फोहोर संकलन गरेकाे छ ।  विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरूलगायत कोका–कोला फाउन्डेसनले प्रमुख दाताको रूपमा सहकार्य गरी २८ मार्चमा सुरु भएको थियो र ५ जुनमा सकिनेछ ।

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जनाको सदस्यता रहेको अभियान टिमले अत्यन्तै कठिन मौसमी अवस्था झेल्नुपरेको थियो जसले गर्दा सरसफाइको प्रयास सुस्त भइ हालसम्म चार हिमालबाट ३४ हजार १६६ केजी फोहोर संकलन गरेको छ । खाली अक्सिजन क्यानिस्टर, यतिकै छोडिएका टेन्टहरु, खाना राखिने कन्टेनर, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेट लगायतका फोहोर संकलन गर्दै टिमले यस वर्षको ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य सहित अभियानलाई निरन्तरता दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दर कुमारपाण्डेले भने, ‘सफा हिमाल अभियान, विभिन्न हिमालहरुको स्वच्छता जोगाउनका लागि एउटा सबल कदम हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष हामीले अभियानको क्रममा कठिन मौसमी अवस्थाको सामना गर्यौँ जसले गर्दा टिमका धेरै सदस्यहरू स्वास्थ्य समस्याहरूका कारण पछि परेका थिए भने टिमका सदस्यहरूको सुरक्षाका लागि पहिलेभन्दा धेरै इभ्याकुवेसन् गर्नुपरेको थियो । विज्ञहरू र नेपाली सेनाले शेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरुसँग मिलेर हामीलाई बाटो र शिविरहरूबाट मात्र नभई, जम्मा भएका सबै क्षेत्रहरूबाट फोहोर सङ्कलन गरी फिर्ता ल्याउन समर्थ बनायो ।’

पहिलो संस्करण देखि नै प्रमुख दाताका रूपमा कोका–कोला फाउन्डेसन आबद्ध रहेको सफा हिमाल अभियान हाल चौथो शृङ्खलामा छ भने नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरू संलग्न भइ हिमाली क्षेत्रको वातावरण संरक्षण र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले गरिएको पहल हो ।

सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले भने, “हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्वपूर्ण चुनौती खडा गरेको छ । सफा हिमाल अभियान, यी प्राचीन प्राकृतिक सम्पत्तिहरूमा फोहोरको समस्यालाई प्रभावकारी ढंगले सम्बोधन गर्दै, यस विषयमा सचेतना जगाउने र नागरिकको रूपमा हाम्रो सामूहिक दायित्व सम्झाउने एक शक्तिशाली प्रयास हो भन्ने मेरो दृढ विश्वास छ ।”

जनचेतना बढाउन र सार्वजनिक संलग्नतालाई प्रोत्साहित गर्न सफा हिमाल अभियानले हिमाल सरसफाइमा आफ्नो निरन्तर प्रयासहरुलाई काठमाडौं, ललितपुर, पोखरा र भरतपुरलगायतका सहरहरूमा डिजिटल स्क्रिनमार्फत दर्साउँदै आएको छ । ३५ टन फोहोर संकलन गर्ने लक्ष्यमा पुगेपछि अभियानको सफलताको खुसियालीमा काठमाडौंमा अन्तिम उत्सव मनाउनका लागि कार्यक्रम आयोजना गरिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्