Shikhar Insurance

सरकार २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १४:५६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले २५ अर्ब १३ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ४ अर्ब रुपैयाँ नयाँ जारी गर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जेठ १४ गते आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

कुल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत बिनाप्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । यसअघि बैंकले जेठ ८ गते २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

अघिल्लो पटक २८ दिनेको ७.९१ प्रतिशत, ९१ दिनेको ९.३२ प्रतिशत, १८२ दिनेको ९.३५ प्रतिशत र ३६४ दिनेको ८.८ प्रतिशत ब्याजदर कायम भएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्