Shikhar Insurance

नबिल बैंक लिंक गरेर खल्तीबाट भुक्तानी गर्दा १ सय बोनस र टिभी पाउने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १७:००
NIMB
Nabil Bank

काठमाडौं। खल्तीले नबिल बैंकसँगको सहकार्यमा खाताको बैंक लिंक सुविधा उपलब्ध गराएको छ। यस सुविधाअन्तर्गत प्रयोगकर्ताले नबिल बैंक लिङ्क गर्दै १ सय रूपैयाँ बोनस र उपहारमा ४३ इन्चको स्मार्ट टिभी र ३२ इन्चको र ‘खल्ती प्रो’ को सब्स्क्रिप्सन जित्न सक्नेछन्।

प्रयोगकर्ताले खल्तीमा आफ्नो पहिलो बैंक लिङ्क गर्दै पहिलो भुक्तानी गरेमा १ सय रूपैयाँ बोनस प्राप्त गर्नेछन्। प्रयोगकर्तामध्ये नै एक भाग्यशाली विजेताले बम्पर पुरस्कारको रूपमा ४३ इन्चको स्मार्ट टिभी र हरेक साता एक जनाले ३२ इन्चको स्मार्ट टिभी र ‘खल्ती प्रो’ को सब्स्क्रिप्सन प्राप्त गर्नेछन्।

Citizen Life
Kumar Bank
Nepal Life

यसका साथै, खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत १ सय रुपैयाँभन्दा बढीको भुक्तानीमा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्डमा करोडौं मूल्यका पुरस्कार र कुपनको प्राप्त गर्न सक्नेछन् भने कुनै पनि २ भुक्तानी पूरा गरेर पल्सर एन१६० जित्न सक्नेछ ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्