वायुसेवा निगममा एमडी बनाउन ३ करोड घुसको अफर आयोः मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूलाई वायुसेवा निगममा एमडी बनाउन ३ करोडकाे घुस अफर आएको खुलासा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले वायुसेवा निगममा एमडी बनाउनका लागि १ करोड टोकन मनी, निर्णय गरेको एक सातापछि अर्काे १ करोड र १ महिनाभित्र अर्काे १ करोड गरी तीन करोडको घुस अफर आएको खुलासा गरेका हुन् । मन्त्री किरातीले आफू मन्त्री बनेको सातौं दिन ती बिचौलियाले आफूलाई घरमै बोलाएर ८४ ब्याञ्जन खुवाएको र बन्द कोठामा लगेर घुस अफर गरेको बताएका हुन् । उनले घुस अफर गर्ने को हुन् भन्ने तथ्य भने अहिले नखुलाउने बताएका छन् । घुस स्वीकार गरेर एनएसीमा नयाँ एमडी नियुक्त नगरेपछि आफूलाई हटाउने खेल सुरु भएको आरोप पनि लगाए । उनले आवश्यक परेमा आफूलाई घुस अफर गर्नेको टेलिफोन डिटेल र आवाजसमेत सार्वजनिक गर्न सक्ने बताएका छन् । यस्तो छ पर्यटनमन्त्री किरातीको खुलासा यति चाहिँ भन्नै पर्यो पद गए पनि जाओस् । मन्त्री भएको दिनदेखि एक जनाको फोन आयो । मन्त्रीको छाप लगाएर जन्मिएको होइन नि त म, खाए खान्छ त । मन्त्री भएको केही क्षणदेखि एक जना ठूलै मान्छेको फोन आयो । उनको अफर थियो भट्नुपर्छ छिटो भन्ने । म त बधाई सधाई थाप्दाथाप्दै सकिनँ । छौटाैं दिनमा उहाँको बेलुका फोन आयो … Continue reading वायुसेवा निगममा एमडी बनाउन ३ करोड घुसको अफर आयोः मन्त्री किराती