Shikhar Insurance

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, कहाँबाट जुट्छ यत्रो स्रोत ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले पेश गरेको बजेट बक्तव्य अनुसार कुल बजेटमध्ये ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ चालु खर्च रहेको छ भने पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ । विवित्तय व्यवस्थापनका लागि पनि ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले ६५.२० प्रतिशत चालु खर्च, १७.२५ प्रतिशत पुँजीगत खर्च र १७.५५ प्रतिशत वित्तिय व्यवस्थापनका लागि छुट्याएको छ ।

सरकारले तयार पारेको बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजश्वबाट जोहो गर्ने भनेको छ । ४९ अर्ब ९४ करोड रुपैयाँ भने वैदेशिक अनुदानबाट प्राप्त गर्ने भनेको छ । नपुग ४ खर्ब ५२ अर्ब ७५ करोड मध्ये २ खर्ब १२ अर्ब ६५ करोड रुपैयाँ वैदेशिक ऋण र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भनेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ८८ अर्ब रुपैयाँको हुने गरी योजना बनाउन सिलिङ दिएको थियो । महतले योजना आयोगको भन्दा ६३ अर्ब ठूलो बजेट ल्याएका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए । जसमध्ये चालु तर्फ ४२ प्रतिशत अर्थात ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगततर्फ २१.२ प्रतिशत अर्थात ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १२.८ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब २२ करोड रुपैया र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २४ प्रतिशत अर्थात ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ थियो ।

त्यस्तै तत्कालित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका थिए । फराकिलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट लक्षित छ । समृद्धि र सुसाशन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा पनि बजेट केन्द्रित हुने छ । स्रोतको उच्चतम प्रयोग गर्ने विनियोजन विधेयकका प्राथमिकताहरू सुझावको रुपमा लिएको महतले बताए । निजी क्षेत्रका सुझाव र जनअपेक्षा सम्बोधन गर्ने, आशाको सञ्चार गर्ने गरि बजेट आएको उनले बताए ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्