Shikhar Insurance

प्रत्येक सांसदलाई ५ करोडको विकास बजेट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १९:१७
NIMB
Nabil Bank

काठमाडौं । सरकारले संसद विकास कोषलाई पुनः ब्युताएर प्रत्येक सांसददाई ५ करोड रुपैयाँ दिने निर्णय गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट मार्फत संसद विकास कोष ब्युताएका हुन् । बजेट वक्तव्य अनुसार हरेक सांसदलाई विकास कोषका लागि ५ करोड रुपैयाँ प्रदान गरिनेछ । सो रकमबाट आफनो निर्वाचन क्षेत्रमा न्युनतम एक करोडका एउटा परियोजना हुने गरि खर्च गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, उर्जा लगायतका पूर्वाधारका क्षेत्रमा त्यस्तो रकम प्रयोग गर्नुपर्नेछ । सरकारले संसद विकास कोषका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्