Shikhar Insurance

गोरखाका ११ स्थानीय तहलाई ४ अर्ब ५८ करोड ३७ लाख

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १०:५६
NIMB
Nabil Bank

गोरखा। गोरखा जिल्लाभित्र रहेका स्थानीय तहलाई सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट साढे ४ अर्ब रूपैयाँभन्दा बढी बजेट विनियोजन भएको छ । सङ्घीय सरकारले आगामी आव २०८०/८१ का लागि सोमबार बाँडफाँट गरेको बजेटमा जिल्लाभित्रका ११ स्थानीय तहलाई कुल ४ अर्ब ५८ करोड ३७ लाख रूपैयाँ समपूरक बजेट विनियोजना भएको हो ।

दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा सबैभन्दा धेरै गोरखा नगरपालिकालाई कुल ६१ करोड ८१ लाख रूपैयाँ र पालुङटार नगरपालिकालाई ५७ करोड २ लाख रूपैयाँ विनियोजना भएको छ भने जिल्लामा सबैभन्दा कम चुमनुब्री गाउँपालिकालाई २० करोड ७७ लाख रूपैयाँ बजेट विनियोजन भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै जिल्लाको आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकालाई ४४ करोड ६८ लाख, अजिरकोट गाउँपालिकालाई ३१ करोड ६८ लाख र धार्चे गाउँपालिकालाई ३१ करोड २१ लाख रूपैयाँ बजेट विनियोजन भएको छ ।

सहिद लखन गाउँपालिकालाई ४३ करोड २० लाख, भीमसेन थापा गाउँपालिकालाई ४० करोड १० लाख, बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख र सिरानचोक गाउँपालिकालाई ४६ करोड ८९ लाख रूपैयाँ रकम सङ्घीय सरकारले विनियोजन गरेको हो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्