Shikhar Insurance

एम बैंकबाट ‘आइएमई पे’मा पैसा लोड गर्ने ग्राहकलाई १ हजार क्यासब्याक

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार ११:५९
NIMB
Nabil Bank

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकवर्गलाई १ हजार रुपैयाँ क्यासब्याक दिने भएको हो।

Citizen Life
Kumar Bank
Nepal Life

सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक सातामा एक जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक जित्न सक्ने कम्पनीले जनाएको छ। क्यासब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने छ। यो क्यासब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ।

केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्देश्यका साथ यो सम्झौता भएको थियो । सो सम्झौतापत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्