Shikhar Insurance

सुनकाे मूल्य प्रतितोला २४ सयले बढ्यो, कतिमा हुँदै छ काराेबार?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १२:१६
NIMB
Nabil Bank

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्