Shikhar Insurance

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजदेखि बिक्री खुला, ११ प्रतिशत ब्याज पाइने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १३:००
NIMB
Nabil Bank

काठमाडौं । मंगलबारदेखि लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँको दरमा १० लाख एकाइ ऋणपत्र जारी गरेको हो । यसमध्य ६ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्ने भएको छ ।

चार लाख एकाइ सर्वसाधारणका लागि छुट्याइएको छ । यसमध्ये सामूहिक लगानी कोषलाई २० हजार एकाइ सुरक्षित गरिएको छ । बाँकी ३ लाख ८० हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लुम्बिनीले १० वर्ष अवधिको ‘११ प्रतिशत एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसमा वार्षिक ११ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । यस ऋणपत्रमा जेठ १९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ३० गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ एकाइदेखि अधिकतम १ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्