Shikhar Insurance

विद्युतीय सवारीको बिक्रेताले ठूलो मार्जिन राखे, त्यसमा नियन्त्रण गर्छुः अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विद्युतीय सवारीको आयातकर्ताले ठूलोमार्जिन राखेर कारोबार गरेको कारण उपभोक्ताले महँगाे मूल्य तिर्नुपरेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आज आयोजित आव २०८०/८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कार्यक्रममा मन्त्री महतले भने, “बजेटले विद्युतीय सवारीमा कर नबढाएको, तर केही लुपहोलहरुलाई मिलान मात्र गरेको हाे । सरकारले विद्युतीय सवारीमा दिएको करछुटको लाभ उपभोक्ताले नपाएको बताए । कर छुट दिए पनि बिक्रेताले ठूलो मार्जिन राखेकाले उपभोक्ताले महँगो मूल्य तिर्न परेको छ । म त्यसको सामाधान गर्छु ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्