Shikhar Insurance

बजेट कार्यान्वयनमा उठेको प्रश्नको जवाफ कामले दिन्छुः अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट कार्यान्वयनमा उठेको प्रस्नको जवाफ कामले दिने बताएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आ व २०८०र८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार मम्मेलनमा सो कुरा बताएका हुन् ।

उनले भने, “यो बजेटको सबभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो पुँजीगत खर्चको सुधार नै हो साधारण खर्चले पुँजीगत खर्चमा प्रभाव परेको छ । अहिले साधारण खर्च भनिएको सबै खर्च साधारण हैन साधारण भनिएको कतिपए खर्च पुँजीगत नै हो । त्यो मिलान गर्दा ४ खर्ब ७१ अर्ब हुन्छ त्यो भनेको खर्च कम भएको हैन ।”

Citizen Life
Kumar Bank
Nepal Life

राजस्वको लक्ष्य हासिल मजाले हुन्छ ।  त्यो सकिन्छ ।  त्यसमा शंका नगर्नुहोस् । तर, त्यसका लागि हामीले हाम्रो कार्यशैली बदल्नुपर्छ । के हुन्छ भन्ने कुराको जवाफ कामले दिन्छौं । तयारी र कच्चा वस्तुमा एक तहको करको दर फरकले नेपालमा उद्योग मैत्री वातावरण बन्छ । हाम्रो ६ प्रतिशत अर्थिक वृद्धिको लक्ष्य छ त्यो पूरा हुन्छ । हचुवाको भरमा ८ प्रतिशत, ७ प्रतिशत राखेनौं । यो बजेटले नेपालको आर्थिक वृद्धि तथा नेपालको अर्थतन्त्र तथा स्वदेशी उत्पादनमा नयाँ अध्याए सुरु गर्ने छ । बजेट पछिको पत्रकार सम्मेलन कार्यक्रममा डा.महतले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्