Shikhar Insurance

नेपाली स्मार्टफोन मार्केटमा रेड्मी १२ सी सबैभन्दा शक्तिशाली, कति जीबी भेरियन्टको मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १६, मंगलवार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा उपलब्ध कम मूल्यका सेटहरुमध्य रेड मी १२ सी सबैभन्दा शक्तिशाली सेट हो । सुरुवाती मूल्य करिब १३ हजार रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।

रेड्मी १२ सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र १३ हजार ४९९ रुपैयाँ रहेको छ । थप स्टोरेज चाहुने ग्राहकहरुको लागि ४ जीबी + ६४ जीबी भेरियन्ट मात्र १४ हजार ४९९ रुपैया र ६ जीबी +१२८ जीबी भेरियन्ट मात्र १६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन्। साथै ६ जीबी +१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्छ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५ हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ । आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२ सी त्यसैको जबर्दस्त उदाहरण हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्