Shikhar Insurance

अर्थमन्त्रीलाई भेटेर पुँजी बजारका लगानीकर्ताले भनेः बजेट विरुद्ध आन्दोलन गर्नुपर्ने हो ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजार सम्बद्ध बिभिन्न संगठनका नेताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर पुँजीगत लाभकर गणना सम्बन्धी बजेटको व्यवस्था संसोधन गर्न माग गरेका छन् । बुधबार बिहान मन्त्री क्वाटरमै पुगेर उनीहरुले बजेटमा अघि सारिएको व्यवस्था कार्यान्वयन भएमा नेपालको पुँजी बजार ध्वस्त हुने बताएका हुन् । बजारलाई ध्वस्त बनाउने, लाखौं लगानीकर्ता डुबाउने बजेट विरुद्ध आफुहरु आन्दोलन गर्न बाध्य हुने पनि उनीले चेतावनी दिएका थिए ।
भेटमा अर्थमन्त्री डा. महतले आफुले थप बुझ्ने प्रतिवद्धता व्यक्त गरेको भेटमा सहभागी एक लगानीकर्ताले बताए ।

‘मन्त्रीज्यूले यसबारे आफु गम्भिर रहेको र थप बुझ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो’, भेटमा सहभागी एक लगानीकर्ताले सिंहदरबारसँग भने । सरकारले आर्थिक बिधेयकको २९ नम्बरमा–‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थाः प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आ.व. २०७६÷७७ देखि २०७८÷७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम सम्वत २०८० साल चैत्र मसान्त भित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आ.व.हरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ” भन्ने उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

लगानीकर्ताहरुले भने कर कार्यालयले यस अघि लेखेको पत्र अनुसार नै हुनुपर्ने बताउँदै आएका छन् । कर कार्यालयले मिति २०७७÷०३÷०५ को पत्रमा श्रोतमै कट्टी गरिएको पुँजगत लाभकर नै अन्तिम हुने भनेको थियो । हाल पुँजी बजारका व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र फर्म तथा कम्पनीलाई ७.५ प्रतिशत कर उठाउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्