बैंक र सेयर बजार डुबाउने बजेटका तीन बुँदा, कसले फसायो अर्थमन्त्रीलाई ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका एक दर्जन बढी अन्तरवस्तुको व्यापक आलोचना भैरहेको छ । केहिले दिर्घकालमा नकारात्मक असर पार्ने देखिएका छन् भने केहिको ‘नेगेटिभ इफेक्ट’ तत्काल आईसकेको छ । सबै भन्दा धेरै विवाद र नकारात्मक प्रभाव पारेका बिषय हुन, आर्थिक विधेयकको बुँदा नम्बर २६, २७ र २९ । आखिर के छन् त यी बुँदाहरुमा त्यस्तो व्यवस्था ? आर्थिक बिधेयकको बुदाँ २६ मा कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था उल्लेख छ । जसमा लेखिएको छ–‘कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मुल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८।७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिला नगरेको भए उक्त रकममा लाग्ने कर संवत २०८० साल मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ ।’ त्यस्तै, २७ नम्बर बुँदामा मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था अघि सारिएको छ । जसमा भनिएको छ–‘निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन)मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई … Continue reading बैंक र सेयर बजार डुबाउने बजेटका तीन बुँदा, कसले फसायो अर्थमन्त्रीलाई ?