राजश्वका हाकिम भन्छन्ः चित्त नबुझे अदालत गए हुन्छ

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीले चित्त नबुझे व्यवसायीहरुलाई अदालत जाने छुट भएको बताएका छन् । आर्थिक बिधेयकका बुँदा नम्बर २६, २७ र २९ माथि व्यापक आलोचना सुरु भएपछि महानिर्देशक मैनालीले चित्त नबुझ्नेहरुलाई अदालत गएर छिनोफानो गराउन भनेका हुन् । उनले महालेखाले नै अरबौंको बेरुजु देखाएपछि आफुले कानुन अनुसार नै छुटसहितको कर तिर्ने सुबिधा अघि सारेको उनको दावी छ । व्यवसायीहहरुकै हितमा छुटसहित कर तिर्ने सुबिधा अघि सारिएको दावी पनि उनले गरे । महानिर्देशक मैनालीको भनाई जस्ताको त्यस्तै यो उहाँहरुकै हितका लागि ल्याएका हौं, चिक्त नबुझे अदालत जाने छुट छ, कोर्टमा गएर च्यालेञ्ज गरे भैहाल्छ नी । उहाँहरु हामीले कर निर्धारण गरेका अरु बिषयहरुमा पनि त कोर्ट गैरहनु भएकै छ । चिक्त बुझ्छ भने उहाँहरु यो व्यवस्था अनुसार आए भयो, चिक्त नबुझे कानुन अनुसार अदालतमा गए भयो । अदालतबाटै बिषयको छिनोफानो गरौं न । एक अर्कालाई गाली गरेर बस्ने हो र ? समस्या सृजना गरेर बस्ने भन्दा पनि समाधान गरौं भन्या हो । छुट सुबिधाको व्यवस्था ल्याइया छ, उपयुक्त लाग्छ भने यसमा आए भयो । लाग्दैन भने कानुन अनुसारको बाटोमा गए पनि हुन्छ । सबै अप्सन खुला छन् । हामीले फोर्सफुल्ली आउनुस भन्या होइनौं । समस्या पर्यो, महालेखाले अरबौंको बेरुजु लेखेको छ । उहाँहरुको पनि समस्या छ, हाम्रो … Continue reading राजश्वका हाकिम भन्छन्ः चित्त नबुझे अदालत गए हुन्छ