Shikhar Insurance

कर्णालीका  ७९ वटा स्थानीय तहलाई झण्डै २७ अर्ब बजेट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १६:१०
NIMB
Nabil Bank

सुर्खेत । संघीय सरकारबाट कर्णालीका स्थानीय तहले झण्डै २७ अर्ब रुपैयाँ बजेट पाएका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा कर्णालीका ७९ वटा स्थानीय तहलाई कुल २६ अर्ब ९७ करोड ९३ लाख बजेट बिनियोजन गरिएको छ ।

जिल्लागत रुपमा हेर्दा सुर्खेतका स्थानीय तहले सबैभन्दा बढी बजेट पाएका छन् । सुर्खेतका ९ स्थानीय तहका लागि ४ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । मुगुका कुल चार स्थानीय तहलाई एक अर्ब ३९ करोड ६६ लाख बजेट छुट्याइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघीय सरकारबाट दैलेखका ११ स्थानीय तहलाई ३ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ, जाजरकोटका सात स्थानीय तहलाई २ अर्ब ६५ करोड ६५ लाख, कालिकोटका ९ स्थानीय तहलाई २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ र हुम्लाका सात स्थानीय तहलाई एक अर्ब ७१ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

साथै जुम्लाका आठ स्थानीय तहलाई २ अर्ब ३७ करोड २२ लाख, डोल्पाका आठ स्थानीय तहलाई एक अर्ब ८४ करोड ७१ लाख, सल्यानका १० स्थानीय तहलाई ३ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ र रुकुमपश्चिमका ६ स्थानीय तहलाई २ अर्ब २२ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ ।

सङ्घीय सरकारले समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा बजेट दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्