Shikhar Insurance

नेको इन्स्योरेन्स २८औं वर्षमा प्रवेश

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेवा सञ्चालनको सफलतापूर्वक आजदेखि २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ ।

विगतका वर्षहरुदेखि नै यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बिमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको कम्पनीले जनाएकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आफ्नो सेवा सञ्चालनको २८औं वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बिमा सचेतनामूूलक प्रभातफेरी,कर्मचारीहरुबीच फुटबललगायत विविध सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेको कम्पनीले जनाएकाे छ ।

साथै, यसै उपलक्षमा विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रमलगायत बिमासम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्