Shikhar Insurance

१६ अंकले बढ्यो नेप्से, कारोबार रकम भने १ अर्ब ६५ करोडमा सिमित

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्ला दुई कारोबारको दिन ९२.४४ अंकले घटेको सेयर बजार बिहिबार भने बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यसदिन १६.५४ अंकले बढेर १,८६६.३४ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.१९ ३५५.६२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । दिनभरीमा २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से ३८.८३ अंक घट्दा २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका अनुसार कारोबारमा आएको १७१ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ११ कम्पनकिो सेयर मुल्य स्थिर छ । यसदिन जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.९४ प्रतिशतले बढेको छ । त्यसैगरी, बिपिडब्लु लघुवित्तको ६.०८, एशीयन हाइड्रोपावर कम्पनीको ५.०७ र पाँचथहर पावर कम्पनीको ५.०६ प्रतिशतले सेयर मुल्य बढेको छ । भने बाँकी कम्पनकिो सेयर मूल्य ४.८९ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको सनराइज फोकस इक्विटी फण्डको मूल्य सबैभन्दा बढी ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा प्रभु बैंकको प्रोमोटर सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ११ करोड २५ लाख, एनआइसी एशीया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र आत्मनिर्भर लघुवित्तको ३ करोड ३३१ लाख रुपैयाा बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र रहेको छ ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्