Shikhar Insurance

मर्जर पश्चात आइजीआई प्रुडेन्सियलको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १६:००
NIMB
Nabil Bank

काठमाडौं । साविकको आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर पश्चात कायम भएको शेयर नेप्सेमा सूचीकृत भएको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा साविक दुबै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबार आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अंकित मूल्य १०० रूपैयाँका दरले ३ करोड २ लाख ९३ हजार ३४७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जर पश्चात १ः१ को अनुपातमा कायम हुन आएको सो सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयरलाई नेप्सेले ३७० रुपैयाँ ८२ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । सोहि आधारमा आइतबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले आईजीआई कारोबार संकेत प्रदान गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्