Shikhar Insurance

लघुवित्त संस्था बिरुद्ध मनिराम ज्ञवाली नेतृत्वको आन्दोलन स्थगित

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार २२:१३
NIMB
Nabil Bank

काठमाडौं । लघुवित्त वित्तिय संस्थाका विरुद्धको आन्दोलन स्थगित भएको छ । मनिराम ज्ञवाली नेतृत्वको लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गरेको हो ।

उनीहरुले जेठ १८ गतेदेखि लागु हुने गरि आफ्ना आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताएका हुन । संघर्ष समितिले विज्ञप्ति प्रकाशित गर्दै आफुहरुको आन्दोलनले नेपालको आर्थिक विकासमा नकारात्मक असर परेको महसुश गरि आन्दोलन स्थगित भएको जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अध्यक्ष ज्ञवालीले लघुवित्तका सम्पूर्ण ऋणीहरुलाई कर्जाको साँवा तथा ब्याज समयमै भुक्तानी गर्न पनि आग्रह गरेका छन् । लुघवित्त पीडितका नाममा बिभिन्न समुहहरुले चन्दा आतंक मच्चाएको सूचना आफुहरुले पाएको र त्यसको हिसाब किताब राखिएको पनि उनले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्