Shikhar Insurance

घोराही सिमेन्टले सर्वसाधारणका लागि छिट्टै सेयर खुला गर्ने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १२:४०
NIMB
Nabil Bank

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुला गरेको थियाे ।

उक्त कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाएको सहभागिताले कम्पनीकाे हौसला बढेकाे छ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहेका वैदेशिक सेयर खरिदकर्ताले देखाएको उत्साहले थप हौसला बढेकाे छ ।

नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकासमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।

यो उद्योगको यसअघि क्लिंकरको वार्षिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता वार्षिक २२ सय टन रहेको कम्पनीले जनाएकाे छ।

यो कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने सेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने हाम्रो विश्वास छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्