कसरी आयो आर्थिक बिधेयकमा बैंक र सेयर बजार मास्ने व्यवस्था ? मैनालीले बालकोट रिझाएको आरोप

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीलाई राजनीतिक पूर्वाग्रह साँधेर बजेटमा करका दरहरु हेरफेर गरेको आरोप लागेको छ । बिशेषगरि आर्थिक बिधेयकका बुँदा नम्बर २६, २७ र २९ नम्बरमा मैनालीले अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै गुमराहमा राखेको आरोप लागेको हो । मैनालीले संसदको प्रमुख प्रतिपक्षी दर नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको इसारामा सरकारलाई बदनाम गराउने नियतसहित आर्थिक बिधेयकका २६, २७ र २९ नम्बर बुँदामा करका बिषयमा नयाँ बखेडा खडा गरेको आरोप लागेको हो । ‘यो प्रकरणमा बिभागबाटै सबै कामको नेतृत्व भएको हो, हामीले खासै चासो दिएका थिएनौं, तर अहिले बजेटको बिरोध नै त्यहि २६, २७ र २९ नम्बरमा केन्द्रित भएर जारी छ’, अर्थमन्त्रालय स्रोतले भन्यो । बजेटका यी तीन बुँदाले बिशेष गरि बैंक र सेयर बजारलाई मास्ने नियत राखेको लगानीकर्ताहरुको आरोप छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आर्थिक बिधेयकका बुँदा नम्बर २६ र २७ ले बैंक तथा वित्तिय संस्थाहरुलाई ठूलो समस्यामा पार्ने भएकाले त्यसलाई सच्याइनुपर्ने र आफुहरुले संसोधनका लागि दबाव दिने बताईसकेका छन् । अर्थमन्त्रीलाई भेटेर पुँजी बजारका लगानीकर्ताले भनेः बजेट विरुद्ध आन्दोलन गर्नुपर्ने हो ? पुँजी बजार सम्वद्ध लगानीकर्ताका संघ संगठनहरुले पनि आर्थिक बिधेयकको बुँदा नम्बर २९ खारेज हुनुपर्ने माग गरिरहेका छन् । लगानीकर्ताहरुको असन्तुष्ठिपछि आन्तरिक राजश्व विभागले दुई पटक प्रेस विज्ञप्ति नै प्रकाशित गरेर स्पष्ट पार्ने प्रयास … Continue reading कसरी आयो आर्थिक बिधेयकमा बैंक र सेयर बजार मास्ने व्यवस्था ? मैनालीले बालकोट रिझाएको आरोप