Shikhar Insurance

क्यान्टोनमेनको १९ अर्ब भ्रष्टाचारबारे हामी छानविन गर्छाैः रायमाझी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २९, शनिबार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री टोप बहादुर रायमाझीले तत्कालिन माओवदी सेनाको क्यान्टोनमेनको १९ अर्ब भ्रष्टाचार काण्डबारे छानविन गर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा उनले क्यान्टोनमेनको १९ अर्ब घोटालाबारे आफुहरुले छानविन गर्ने बताएका हुन् ।

उनले भने, ‘यस विषयमा कुनै न कुनै निकायले, यसको खोजि नीति हुनेछ । हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।’

Citizen Life
Kumar Bank
Nepal Life

फरक प्रसँगमा उनले आफूमाथि लोडसेडिङ गराएको आरोप लगाउने गरिएपनि त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । बरु, आफू पहिलोपटक उर्जामन्त्री हुँदा ९९ बुँदे मास्टर प्लान ल्याएको र सोही गुरुयोजना अनुसार लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको दाबी गरे । उनले अब लोडसेडिङ हुने कुनैपनि सम्भावना नहरेको जिकिर गरे । आगामी भदौबाट नेपाल उर्जामा पूर्ण आत्मनिर्भर हुनेपनि उनले घोषणा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्