Shikhar Insurance

हिरोको एक्स्ट्रिम १६० आर र हंक १५० आर मोटरसाइकल बजारमा, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार २२:२६
NIMB
Nabil Bank

हीरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १५० आर नेपाली बजारमा सार्वजनिक गरेको हो।

हीरो मोटोकप नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हो।

Citizen Life
Kumar Bank
Nepal Life

लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउँछ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हीरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको ३ लाख ३९ हजार रुपैयाँ (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर २ लाख ७९ हजार ५ सय रुपैयाँ (गल च्यानल एबीएसको साथ डबल डिस्क)को मूल्यमा उपलब्ध रहेका छन्।

एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डरं, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्