Shikhar Insurance

एचआइडीसीएलले पायो नयाँ रेटिङ, एक बराबर एक कित्ता हकप्रद पक्का

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार १०:१०
NIMB
Nabil Bank

काठमाडौं । हाइड्रो इलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को हक प्रद सेयरले केयर ए माइनस रेटिङ पाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत मुक्ति न्यौपानेले केयर रेटिङले ए माइनस रेटिङ दिएको जानकारी दिए । ए माइनस रेटिङलाई औषत भन्दा राम्रो रेटिङ मानिन्छ ।

‘ए माइनस रेटिङ पाएका छौं, यो भनेको औषत भन्दा राम्रो हो, केहि दिनभित्रै धितोपत्र बोर्डमा हकप्रद सेयर निष्काशनका लागि आवेदन दिन्छौं, बोर्डले अनुमति दिएको एकाध हप्ताभित्रै हकप्रद जारी गरिसक्ने योजना छ ।’, निमित्त सीईओ न्यौपानेले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका अनुसार संस्थागत सबै लगानीकर्ताहरु हकप्रद सेयरमा लगानी गर्न तयार भैसकेका छन् । ‘केहि संस्थागत लगानीकर्तामा हकप्रदमा लगानी गर्नेबारे अन्यौलता थियो, अहिले त्यो पनि हटिसकेको छ’, न्यौपानेले भने ।

कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भनेको थियो तर लामो समयसम्म प्रक्रिया अघि नबढेपछि धितोपत्र बोर्डले कम्पनीको आवेदन नै रद्ध गरिदिएको थियो । कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्