Shikhar Insurance

निफ्रालाई नेप्सेको स्पष्टीकरणः मूल्यमा प्रभावित पार्ने सूचना किन चुहाएको ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ४, बुधबार १९:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले नेपाल इनफ्रास्ट्रक्चर बैंकलाई स्पष्टीकरण सोधेको छ । कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको बताएको छ । निफ्राका सीईओ रामकृष्ण खतिवडाले ३० मिलियन डलरको बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकरणको तयारी भैरहेको बताएका थिए ।

सीईओ खतिवडाले बाणिज्य बैंकहरु र इन्स्योरेन्स कम्पनीका लागि पनि छुट्टै बण्ड जारी गर्ने तयारी भैरहेको बताएका थिए । त्यस्तै, कम्पनीसँग हाल १० प्रतिशत लाभांश दिने क्षमता रहेको तर त्यसबारे कुनै प्रक्रिया भने अघि नबढेको बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले बैंकमा रणनीतिक साँझेदार भित्र्याउनेबारे पनि छलफल भैरहेको बताएका थिए । ति सूचनाहरुले सेयर मूल्यमा प्रभाव पार्ने भन्दै नेप्सेले स्पष्टीकरण सोधेको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्