Shikhar Insurance

नबिल बैंकले मुद्धति निक्षेपको ब्याजदर ०.५१ प्रतिशतले बढायो, अब कति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार १०:१९
NIMB
Nabil Bank

नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५१ प्रतिशतले वृद्धि गरेको छ । अब बैंकका मुद्धति निक्षेपकर्ताहरुले ७.५१ प्रतिशत ब्याज पाउनेछन् । तर यो ब्याजदर पाउनका लागि ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दति राख्नुपर्नेछ ।

यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ । सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दैआएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा रहेको छ । नबिल बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नेतर्फ केन्द्रित रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्